देउवासँग कुनै पद लिने सम्झौता गरेको छैन- प्रकाशमान

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै नेता सिंहले त्यस्ता समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’ नेता सिंहले विज्ञप्तिमा भनेका छन्, ‘कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु।’ सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर समूहमा लगातार छलफल भए पनि साझा उम्मेदवार तय हुन नसकेपछि उनी सहित शेखर कोइराला मैदानमा उत्रिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति