कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सुरु

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । अहिले दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान बेलुका साढे ७ बजेसम्म चल्नेछ ।

भोट हाल्नका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् ।राष्ट्रिय सभा गृहबाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता, कार्यकर्ताको भिड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभा गृहमा प्रवेश दिएको छ ।सभापतिका कुनै पनि उम्मेदवारले पहिलो चरणको चुनावमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।

पहिलो चरणमा अग्रस्थानमा भोट ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो । सभापतिका दुवै उम्मेदवारहरू मतदानस्थलमा हुनुहुन्छ । पहिलो चरणमा सभापतिका प्रत्यासी रहेका अन्य तीन जना प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति