गठबन्धनमा सहमतिपछि मात्र एमसीसी पेस, संशोधनपछि अनुमोदन– अध्यक्ष प्रचण्ड

काठमाडौं, २८ मंसिर । नेकपा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सकिएको छ । संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गरेका छन् ।सांसद रेखा शर्माका अनुसार प्रचण्डले अमेरिकी परियोजना एमसीसीबारे पनि धारणा राखेका थिए ।

उनका अनुसार प्रचण्डले गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नै नहुने र संशोधनबिना अनुमोदन पनि नहुने बताएका छन् । माओवादीले एमसीसीबारे पुरानै अडान दोहोर्‍याएको छ ।‘एमसीसीबारे यसअघि स्थायी समितिले गरेको निर्णयकै निरन्तरता हो,’ शर्माले भनिन्, ‘सम्झौतामा रहेका राष्ट्रहित विपरीतका कुराहरूमा संशोधन नभएसम्म माओवादी यसको विपक्षमा उभिन्छ ।’अमेरिकाले एमसीसी छिटो अनुमोदन गर्न दबाब दिइरहेका बेला हिँउदे अधिवेशनमा एमसीसी पेस हुने ठानिएको छ ।नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ भने प्रमुख प्रतिपक्षी एमाले यसबारे प्रष्ट छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति