इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, २८ मंसिर । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ ।पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६।६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९।१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति