आधा मतगणना सकियो : देउवालाई १२ सय ६७ मत, कोइरालाको ९ सय ८०

काठमाडौं, २८ मंसिर ।  नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको मतगणनामा खसेको आधा मतगणना सकिएको छ ।काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २६ सय ७७ मत गणना भएको छ । ४ हजार ६ सय मत खसेको थियो । कुनै पनि उम्मेदवारलाई विजयी हुन २३ सय ४० मत चाहिन्छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १२ सय ६७ मत प्राप्त गरेका छन् । त्यस्तै डा। शेखर कोइरालाले ९ सय ८० मत पाएका छन्। प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत प्राप्त गर्दा कल्याण गुरुङले १२ मत पाएका छन् । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति