जी न्यूजको नेपाल संवाददाता बताउने महिला पक्राउ

काठमाडौं । आफूलाई भारतीय टिभी च्यानल जी न्यूजको नेपाल संवाददाता बताउने एक महिला ठगी आरोपमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा एन्जिला कार्की छिन् ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी दिलबहादुर मल्लले उनलाई २२ मंसिरमा पक्राउ गरिएको बताए । मल्लले भने, ‘मिडियाकर्मी हुँ भनेर एक जना व्यवसायीलाई ब्ल्याकमेल गरेको जाहेरीका आधारमा पक्राउ गरेका हौं ।’प्रहरीका अनुसार कार्कीविरुद्ध ठगी गरेर आपराधिक लाभ लिएको कसूरमा अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति