सांसदहरूको एन्टिजेनबाट कोरोना परीक्षण

काठमाडौं, २७ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसद भवन पुगेर एन्टिजेन परीक्षण गराउँदै। सांसदहरूको एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण गराइरहेका छन्।

संसद बैठकमा सहभागी हुन आउनुअघि कोरोना परीक्षण गर्न आउनू भनि संसद सचिवायलले सूचना प्रकाशित गरेपछि सांसदहरू परीक्षणका लागि नयाँ बानेश्वर पुगेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीबेर अघि संसद भवन पुगेर एन्टिजेन परीक्षण गरेका छन्।सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।

संघीय संसदको अधिवेशन मंसिर २८ गतेबाट सुरू हुँदैछ। संसद सचिवालयले सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र बैठकमा सहभागी हुने पत्रकाहरूलाई समेत कोरोना परीक्षण गर्न भनेको हो। सचिवालयले आजै दिउँसो ३ बजेसम्ममा संसद भवन परिसरमा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति