मतदानस्थलमा फोटो पत्रकारहरुको विरोध

काठमाडौं, २७ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति