काठमाडौं, २६ मंसिर । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने भएका छन्। उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन्। पार्टीको घोषणा मंगलबार काठमाडौंमा एक कार्यक्रमकावीच गरिने त्रिपाठीले जनाएका छन् । उनको पार्टीमा अर्का सांसद वृजेशकुमार गुप्ता पनि छन्।२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। गुप्ताले पनि एमालेकै सूर्य चिन्हमा कपिलवस्तुबाट चुनाव जितेका थिए। यी दुबै जना कानुनी रूपमा एमाले सांसद भए पनि उनीहरू पार्टीका गतिविधि सक्रिय थिएनन्। उनीहरूले स्वतन्त्र राजनीतिक समूह बनाएर काम गरिरहेका थिए।
हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी, मंगलबार घोषणा गर्दै
प्रतिक्रिया