मनोनयन दर्ताबाट उठ्यो ५९ लाख ९५ हजार

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोनयन दर्ताबाट ५९ लाख बढी उठेको छ । उम्मेदवारी शुल्क बापत ५९ लाख ९५ हजार नगद उठेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा ६ जनाको ३० हजारका दरले १ लाख ८० हजार, उपसभापतिमा ७ जनाको २५ हजारको दरले एक लाख ७५ हजार, महामन्त्रीमा ६ जनाको २५ हजारका दरले एक लाख २५ हजार, सहमहामन्त्रीमा २० हजारका दरले ४ लाख र केन्द्रीय सदस्यमा पाँच सय ९ जनाको १० हजारका दरले ५० लाख ९० हजार गरि ५९ लाख ९५ हजार शुल्क उठेको हो । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । आज उम्मेदवारी उपर दाबी विरोध दर्ता र नामावली फिर्ता लिएर आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको कार्यतालिका छ । सोमबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति