संयुक्त पत्रकार सम्मेलनको तयारी गर्दै कोइरालाद्धय

काकाठमाडौँ, २६ मंसिर ।  नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले अहिले केहीबेरमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन्।

बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा कोइरालाद्वयले पत्रकार सम्मेलन गर्न लागेका हुन्।यसअघि उनीहरू दुबै जना सभापतिका दाबेदार थिए। तर शशांकले सभापतिमा उम्मेदवारी दिएका छैनन् भने शेखरले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न भोलि मतदान हुँदैछ। त्यसअघि कोइराला परिवारका दुई जनाले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।केही समयअघि पनि उनीहरूले आफूहरूमा सहमति गरी पत्रकार सम्मेलन गर्न लागेका थिए तर अन्तिम समय शशांक सम्झौताबाट पछि हटेका थिए।कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइराला भने अहिले प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उम्मेदवार बनेकी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति