महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो

काठमाडौं, २६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उम्मेदवारी फिर्ता लिने समय थपिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिने समय थप गरेको जनाएको छ ।

अब उम्मेदवारी फिर्ताका लागि दिउँसो साढे १२ बजेसम्मको समय तोकिएको छ । यसअघि उम्मेदवारी फिर्ताका लागि बिहान ११ बजेसम्मको समय तोकिएको थियो ।उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुनेछ । मतदान भने भोलि बिहान ८ बजेदेखि हुनेछ । यसअघि शनिवार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि बेलुका ५ बजेसम्म भएको थियो ।उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँच बुझ शनिवार बेलुका ५ देखि ७ बजेसम्म र दाबी विरोध उपर निर्णय बेलुका ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन गरेको थियो।महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति