मीन विश्वकर्माले लिए कांग्रेस केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता

काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार दलित कलस्टरबाट उम्मेदवारी दिएका उनले आइतबार फिर्ता लिएका हुन् ।कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र मध्यान्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । महाधिवेशन यही २४ गते शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति