कांग्रेसको १४ औं महाधिवेशन : निर्वाचन समितिले जारी गर्‍यो उम्मेदवारको पहिलो नामावली

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गन मनोनयन दर्ता गरेका उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित गरिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको नामावली प्रकाशित गरी सार्वजनिक गरेको हो।
शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको थियो। निर्वाचन समितिले आइतबार उम्मेदवारहरूको पहिलो नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको छ।आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।सोमबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। कांग्रेसमा यसपालि ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति