वागमती प्रदेशमा माओवादीका १ लाख ६० हजार संगठित पार्टी सदस्य

काठमाडौं, २५ मंसिर।  नेकपा माओवादी केन्द्रले वागमती प्रदेशमा झण्डै एक लाख ६० हजार संगठित पार्टी सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा सो पार्टी वागमती प्रदेशका अध्यक्ष नारायण दाहालले वागमतीमा १,४७,२९० जना पार्टी सदस्यको रेकर्ड इन्ट्री भइसकेको र बाँकी झण्डै १० हजार पार्टी सदस्य प्राविधिक कारणले इन्ट्री गर्न बाँकी रहेको बताए ।उनले यो सहित झण्डै १ लाख ६० हजार संगठित पार्टी सदस्य वागमती प्रदेशमा पुगेको बताए । त्यस्तै उनले वागमती प्रदेशमा ११८ वटा पालिका अधिवेशन सम्पन्न भएको भन्दै पार्टी केन्द्रको निर्देशन अनुसार पार्टी संगठन विस्तारमा कुनै कसर बाँकी नरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति