काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले पार्टी विधि विधानमा चल्न छोडेको गुनासो गरेका छन्। शनिबार पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता महतले आफू भन्दा जुनियर व्यक्तिले सभापतिमा उम्मेदवारी दिएपछि आफू पदाधिकारीमा इच्छुक नभएको बताए। ‘म भन्दा जुनियरहरु सभापति भएपछि मैले पदाधिकारीमा उम्मेदवारी दिइन’ महतले भने, ‘शेखरजी रामचन्द्रलाई छाड्न तयार हुनुहुन्थ्यो, प्रकाशजी मान्नुभएन। त्यहीकारण अब हाम्रै दुई धार भयो। रामचन्द्रजी पाटीबाटै अलग भएर बस्ने अबस्थामा पुग्नुभयो।’
म भन्दा जुनियरहरु सभापति भएपछि मैले पदाधिकारीमा उम्मेदवारी दिइन : डा. महत
प्रतिक्रिया