खस आर्यको तर्फबाट केन्द्रिय सदस्यमा चिरन्जीवि थापाद्धारा उम्मेदवारी दर्ता

काठमाडौं, २५ मंसिर।  नेपाली काँग्रेसको १४ औं अधिवशेनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा खस आर्यको तर्फबाट केन्द्रिय सदस्यमा चिरन्जीवि थापाले उम्मेदवारी दर्ता गरेका छन् । थापालाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाका साथै सभापतिका अर्का प्रत्यशी शेखर कोइराला प्यानलको समेत समर्थन रहेको बताईएको छ । थापाको प्रस्तावकमा प्रदेश १ का सहमन्त्री साथै उर्लावारी नगरपालिकाका मेयर खड्ग फागु रहेका छन भने समर्थकमा रामप्रसाद पोखरेल छन् । पोखरेल युवा नेता हुन् । खस आर्यका उम्मेदवार थापाले समग्र युवापुस्ता र पुरानो पुस्ताको साथ आफुलाई रहेको बताए । समक्ष नेतृत्वका लागि नयाँ पुस्ताले साथ थापाको आग्रह छ । विपीको विचार र निष्ठालाई आत्मसाथ गर्दैै समयनुकुल परिमार्जित काँग्रेस निर्माणका लागि आफनो साथ थापालाई रहेको प्रदेश १ का सहमहामन्त्री एवं उर्लावारी नगरपालिकाका मेयर फागुले बताए । नेविसंघबाट राजनीति सुरु गरेका थापाले लामो समय जनसम्पर्क समितिको नेतृत्व गरिसेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति