देउवा टिममा असन्तुष्टि : विश्वप्रकाशले पनि महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं, २५ मंसिर । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । शर्माका सहयोगी ध्रुव लुइँटेलका अनुसार महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरे पनि टिम भने टुंगो लागेको छैन ।कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई सभापति शेरबहादुर देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टि बढेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले उपसभापतिमा उठ्ने घोषणा गरेकी छिन् । शनिबार दिनभर कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।यसअघि सभापतिमा कल्याण गुरुङ र दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट भने सभापतिमा प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने भएका छन् ।त्यसैगरी विमलेन्द्र निधि शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्रीमा भने गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजालले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति