काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज शुक्रवार बेलुका फेरि बस्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि बेलुका बत्तीसपुतलीमा बैठक बस्ने र सभापतिमा साझा उम्मेदवार तय गर्ने निर्णय भएको नेताहरूले बताएका छन् । मिनेन्द्र रिजाल, महेश आचार्य, गगन थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका थिए । उनीहरूले पौडेललाई महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन सहमत गराएका छन् । पौडेल उद्घाटन सत्रमा सहभागी भएका छन् । संस्थापन इतर समूह केही दिनदेखि निरन्तर साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भए पनि अझै सहमति बनेको छैन । संस्थापन इतर समूहबाट सभापतिमा पौडेलसहित प्रकाशमान सिंह र डा।शेखर कोइराला आकाङ्क्षी रहेका छन् । आज बेलुका बस्ने बैठकमा विभिन्न जिल्लाका सभापति तथा केन्द्रीय सदस्यहरू पनि सहभागी हुनेछन् ।
बैठक बेलुका फेरि बस्ने, पौडेल महाधिवेशन उद्घाटन सत्रमा सहभागी
प्रतिक्रिया