काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुगेका छन् भने विभिन्न दलका शिर्ष नेताहरु पुग्ने क्रम जारी रहेको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो ।महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् ।
उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ ।
भृकुटीमण्डपमा चहलपहल बढेको छ ।
प्रतिक्रिया