कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

काठमाडौं, २४ मंसिर ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुगेका छन् भने विभिन्न दलका शिर्ष नेताहरु पुग्ने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो ।महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् ।

उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ ।
भृकुटीमण्डपमा चहलपहल बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति