काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उममेदवारी दिने घोषणा गरेका छन् । आज एक अवधारणा पत्र सार्वजनिक गर्दै थापाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका हुन् । कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रम भोलि शुक्रबार काठमाडौँमा हुँदैछ । थापाले समुन्नत नेपाल, सम्मानित नेपाली नारासहित कांग्रेस रुपान्तरणको प्रस्ताव पनि आफ्नो अवधारणा पत्रमा समावेश गरेका छन् ।
कांग्रेस महामन्त्रीमा थापाको उम्मेदवारी घोषणा ( समुन्नत नेपाल,सम्मानित नेपाली बनाउने चाहानाको पूर्णपाठ )
प्रतिक्रिया