एमाले अध्यक्ष ओली रुघा खोकीका कारण अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा ज्ञवाली सहभागी हुने

काठमाडौं, २३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएपछि निवासमै आराम गरिरहेको नीजि सचिवालयका रामशरण बजगाईंले बताएका छन् ।

बजगाईका अनुसार अस्वस्थताकै कारण बिहिबार तय भएका पुर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी नहुने भएका छन् । तर ओली अस्वस्थ भएपछि उक्त कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति