गण्डकी प्रदेशबाट आए ४८० जना महाधिवेशन प्रतिनिधि (हेर्नुहोस नामसहित)

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमा गण्डकी प्रदेशबाट ४८० महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेश काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश हो भने सो प्रदेशको सभापतिमा पनि पौडेल पक्षले नै बाजी मारेको थियो । तुलनात्मक रुपमा सो प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षमै हावी रहेको बताइन्छ ।

काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावलीअनुसार गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, कास्कीबाट ८०, तनहुँबाट ५४, स्याङ्जाबाट ५३, नवलपुर (बर्दघाट सुस्तापूर्व)बाट ५२, मुस्ताङबाट २६, म्याग्दीबाट २७, बागलुङबाट ५२, पर्वतबाट २८ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति