सभापतिमा अघि बढेँ, सहयोग गर्नुस्– शेखर कोइराला

काठमार्डौ, २३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।सहमतिमै सभापतिका उम्मेदवार तय गर्ने छलफल भइरहेका बेला वरिष्ठ नेता पौडेल भेट्न कोइराला आज बिहान उनकै निवास बोहराटार पुगेका थिए।पौडेलसहित उनी पक्षबाट चार जना सभापतिमा आकांक्षी थिए।

पौडेल र महामन्त्री शशांक कोइरालाले सहमतिका लागि सभापति छाड्न सकिने बताएपछि प्रकाशमान सिंह र शेखर आकांक्षी छन्।प्रकाशमान र शेखर कसले कसलाई सभापति छाड्ने भन्नेमा सहमति हुन सकेको छैन। युवा केन्द्रीय सदस्यहरूले सहमतिका लागि दवाव दिइरहेका छन्।यसैक्रममा शेखरले वरिष्ठ नेता पौडेलबाट सहयोग खोजेका हुन्। शेखरको सचिवालयले जनाएअनुसार पौडेल र कोइलाबीच आज बिहान कुराकानी भएको थियो।

कोइरालाले काभ्रे कांग्रेसका निवर्तमान सभापति मधु आचार्यलाई साथै लिएर पौडेल भेट्न पुगेका थिए।‘म सभापतिमा अगाडि बढिसकेँ, आशीर्वाद दिनुस्,’ शेखरको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘म सभापतिको उम्मेदवार हुँ, पछि हट्दिनँ।’ प्रकाशमान वा शेखर कसलाई सर्वसम्मत उम्मेदवार बनाउने भन्ने पौडेल पक्षले निर्णय गर्न सकेको छैन।वरिष्ठ नेता पौडेलले भने सहमतिबाटै उम्मेदवार तय गरिनुपर्नेमा जोड दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति