कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट टाँस्न नपाइने उल्लेख छ ।तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार सामग्रीहरू राखिएका छन् ।

ती प्रचार सामग्रीहरू अब हटाइने निर्वाचन समितिका सदस्य तेज रावलले बताए । ‘आचारसंहितामा के गर्न मिल्नेरनमिल्ने प्रष्ट उल्लेख छ, त्यही अनुसार निर्वाचन समितिले आफ्नो काम गर्छ,’ उनले भने, ‘आचारसंहिताको कडाइका साथ पालना हुन्छ ।’उम्मेदवारहरुको प्रचार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल भन्ने वितरण गर्न दिइनेछ ।

त्यस्तै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लैजान पनि रोक लगाइएको छ ।महाधिवेशन स्थल भृकुटीमण्डप केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूका उम्मेदवारहरूको ब्यानर, तुल र पोष्टरले भरिभराउ छ । कांग्रेस महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ ।शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतवार बिहानैदेखि मतदान सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति