चेल्सीलाई पछि पारेर युभेन्टस बन्यो समूह विजेता


काठमाडौँ, २३ मंसिर ।  इङ्लिस क्लब चेल्सीलाई पछि पार्दै इटालियन क्लब युभेन्टस समूह विजेताका रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले हराउँदै युभेन्टस ६ खेलमा १५ अंकसहित समूह विजेता बनेको हो।

घरेलु मैदानमा युभेन्टसलाई जिताउन माइज केनले निर्णायक गोल गरे। खेलको १८ औँ मिनेटमा माइज केनले गोल गर्दै सुरूआती अग्रता दिलाए पनि अन्ततः उक्त गोल नै निर्णायक बन्यो।गएराति नै भएको अर्को खेलमा जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ को बराबरीमा रोकिएको चेल्सीले शीर्ष स्थानमा रहेर नकआउट चरण पुग्ने मौका गुमायो। उसको समान खेलबाट १३ अंक भएको छ। समूहमा यसअघिनै बाहिरिसकेको जेनिट सेन्ट पिटर्सबर्ग तेस्रो हुँदा माल्मो समूहको पुछारमा रह्यो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति