कांग्रेसको संस्थापन इतर समूहको बैठक

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न आज बिहीबार बिहान बैठक बस्दैछ ।हिजो साँझ बसेको बैठक विना निष्कर्ष सकिएपछि कांग्रेस नेता गुरुराज घिमिरेले आज बिहान ८ बजे केन्द्रीय समितिका सदस्यहरु बसेर साझा उम्मेदवार चयन गर्ने बताएका थिए ।
कांग्रेस नेता डा रामशरण महतले भने अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने बताएका छन् ।कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकाङ्क्षी छन् । तर शशाङ्कले साझा उम्मेदवार भए आफू पछि हट्न तयार रहेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति