एमसीसी कुनै हालतमा पास गर्न दिँदैनौं : गजुरेल


काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् ।काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि उनको भनाइ थियो ।उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसात गर्नुपर्ने बेला आएको बताए ।नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएकोले यसलाई क्रान्तिमा बदल्नुपर्ने बताए ।उनले एमसीसी अधिकांश नेपालीहरुले नचाहेकोले हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति