हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन

काठमाडौं, २२ मंसिर । हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन भएको छ । भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतको उहाँकी पत्नीको ज्यान गएको जनाएको छ । उनी सगै तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको हो । दुर्घटनामा अधिकांश शवहरु जलेका छन्’ ।रक्षामन्त्री राजनाथ सिंहले बिहीबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए’ । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ’ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति