पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन : नेपाललाई दिने सहयोगमा कहिल्यै राजनीतिक शर्त नरहने – चीन

काठमाडौं, २२ मंसिर ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि दुई दिने पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा नेपालले हासिल गरेको अनुभवन र सिकाइ राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मेलन आयोजना गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन्।

सम्मेलनलाई राष्ट्रपति भण्डारी र परराष्ट्रमन्त्री नारायण खड्काले सम्बोधन गरेका छ्न्। यही सम्मेलनलाई छिमेकी देशहरु भारत र चीनका विदेशमन्त्रीले सन्देश पठाई शुभकामना व्यक्त गरेका छन्। नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ्ग यीले पनि भिडियो सन्देश दिएका हुन्। भिडियो सन्देशमा भारतीय विदेशमन्त्रीले २०७२ सालमा नेपालमा भूकम्प भएको ६ घण्टामा उद्धार टोली पठाएको स्मरण गरे। उनले भारत नेपालको सुखदुःखमा सदैव पहिलो सहयोगी मुलुक रहँदै आएको बताए। उनले भारतीय सहयोगमा नुवाकोट र गोरखामा ५० हजार घर पुनर्निर्माण गरेको बताए। जयशंकरले तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले भूकम्पलगत्तैको पुनर्निर्माण सम्मेलनमा ऋण तथा अनुदान गरी एक बिलियन ९१ अर्बं० अमेरिकी डलर नेपालको पुनर्निर्माणका लागि घोषणा गरेको स्मरण गरे। उनले नेपालको विकासमा सहयोग गर्न भारत तयार रहेको बताए।‘भूकम्पपछिको पुनर्निर्माण लगभग सकिन लागेकोमा म पुनर्निर्माण प्राधिकरण र नेपाल सरकारलाई बधाई दिन चाहन्छु’, उनले भने।

सम्मेलनमा भिडियो सन्देश दिँदै चिनियाँ विदेशमन्त्री वाङ्ग यीले नेपालको नेतृत्वमा पुनर्निर्माण कार्य सप्पन्न हुन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली नेतृत्व र जनतालाई उनले बधाई दिए। चीनले नेपालमा भूकम्प गएको भोलिपल्टै मानवीय सहयोगसहित उद्धार टोली पठाएको स्मरण गरे। चीनले नेपाललाई दिने सहयोगमा कहिल्यै राजनीतिक शर्त नरहने बताए। ‘चीन नेपालको सुखदुःखको मित्र हो, अबका दिनमा पनि निकट सहयोगी रहनेछ’, उनले भने। चिनियाँ विदेशमन्त्रीले हालै संयुक्त राष्ट्रसंघको महासभाले विकासशील मुलुकमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेकोमा बधाई पनि दिए।

चीनले नौतले दरबार, अरनिको राजमार्ग, दरबार हाइस्कुल तथा काठमाडौंभित्रको चक्रपथ पुनर्निर्माणमा सहयोग गरेको बताए।चीनले नेपाललाई कोरोना महामारीसंघ लड्न लाखौँ डोज भ्याक्सिन सहयोग गरिसकेको बताए।वाङ्गले चिनियाँ राष्ट्रपति सि चिनफिङ्गको सन २०१९ मा भएको नेपाल भ्रमणबाट दुईपक्षीय सहकार्य अझै सुदृढ भएको बताउँदै नेपालसँगको रणनीतिक साझेदारी गहन पार्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति