काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री लड्ने घोषणा गरेका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।आफू महाधिवेशन प्रतिनिधिमा पराजित भएको सिंहले सेतोपाटीलाई बताए। सिंहको २४८ मत मात्रै आएको थियो।
सिंह पक्षका नेता तथा कार्यकर्ताहरू क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन्।
सिंह केन्द्रीय सदस्य शेखर कोइरालानिकट छन्।सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो।क्रियाशील सदस्यताकै विवादले यहाँ पटकपटक कार्यकर्ताबीच झडप र प्रहरीले हवाइफायरसमेत गर्नुपरेको थियो।
प्रतिक्रिया