पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै

काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज आफूपक्षिय नेताहरुसँग छलफल गर्दैछन् ।
२४ मंसिरमा उद्घाटन हुने पार्टीको १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि उनले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक बिहान ९ बजे बुढानिलकण्ठमा बस्दैछ ।उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेपछि देउवालाई सो समूहमा अरु कसैले सभापतिमा चुनौती दिएको छैन ।

देउवाको टिममा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी भने धेरै छन् ।उपसभापतिका लागि उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का सबैभन्दा बलिया दाबेदार हुन् । त्यस्तै महामन्त्रीमा वालकृष्ण खाँण, एनपी साउँद, डा प्रकाशसरण महत र विश्वप्रकाश शर्मा दाबेदार देखिएका छन् । शर्माले उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । यो समूहमा सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठलगायतका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि छ ।पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ । महाधिवेशनले २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति