नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक आउँदै

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक छनोटको प्रक्रिया अघि बढाएको छ । हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल आउँदो पुस २२ गते सकिने हुँदा सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको लागि प्रक्रिया अगाडि बढाएको हो ।

त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालको संयोजकत्वमा छनौट तथा सिफारिस समिति गठन गर्दै सरकारले टेलिकममा नयाँ प्रबन्ध निर्देशक ल्याउने तयारी अघि बढाएको हो । अर्यालको संयोजकत्वमा गठित उक्त समितिमा मन्त्रालयकै एकजना सहसचिव र एक जना विज्ञ रहनेछन् ।

सो समितिलाई नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकको लागि आवेदन माग गर्नेदेखि आवेदनमा आएको मध्यबाट तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नेसम्मको अधिकार दिएको मन्त्रालयका प्रवक्ता विनोद प्रसाद सिहंले बताएका छन् ।

उनका अनुसार यसका लागि सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका २०७८ स्वीकृत समेत गरिसकेको छ । मंसिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको हो । त्यो सँगै नयाँ प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुलेको हो ।

उक्त समितिले अबको केही दिनमै सार्वजनिक सूचना निकालेर नयाँ प्रबन्ध निर्देशकको लागि आवेदन माग गर्ने प्रवक्ता सिंहले बताए । उक्त सूचनाका आधारमा तोकिएको समयभित्र आएको आवेदनमध्येबाट छनोट समितिले अन्तिम तीन जना छनोट गरी सरकारलाई सिफारिस गर्नेछ । त्यसैका आधारमा मन्त्रिपरिषद्ले नयाँ प्रबन्ध निर्देशक नियुक्ति गर्ने बताइको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति