बोहराटार बैठकमा भयो ४८ घण्टाभित्र साझा उम्मेदवार टुंग्याउने सहमति

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर समूहको ४८ घण्टाभित्र साझा उम्मेदवार टुंगो लगाउने सहमति बनेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका प्रत्याशीहरुको बैठकले २ दिनमा सभापतिको साझा उम्मेदवारबारे निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा। शेखर कोइराला सहभागी थिए ।बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश अधिवेशनको समिक्षा गर्ने, समूहका सबै नेताको राय लिने र साझा उम्मेदवारबारे निर्णय लिने सहमति बनेको छ ।‘साझा उम्मेदवार तय गर्ने विषयमा केन्द्रीय समितिका अरु साथीहरूको पनि राय लिन्छौं । सबैसँग छलफल गरेर ४८ घण्टा अर्थात् २ दिनमा सभापतिको उम्मेदवार टुंग्याउने कुरा भएको छ,’ ती नेताले भने । सभापतिको उम्मेदवारबारे छलफल गर्न मंगलबार संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरूको बैठक चाक्सीबारीमा बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति