म्यानपावर कम्पनीबाट ९० लाख असुली गर्ने दुईजना पक्राउ

काठमाडौं, २० मंसिर । महानगरीय प्रहरी अपराध महाशाखाले म्यानपावर कम्पनीबाट धम्क्याउँदै रकम असुली गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।काठमाडौंको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई विदेश जाने र गएका प्रतिकामदार २५ हजार रुपैयाँ माग्दै धम्काएका उनीहरुलाई दुई दिनअघि पत्रक्राउ गरिएको हो ।पक्राउ पर्नेमा काठमाडौं गंगाहिटीका मिलन जोही र दोलखा घरभई बालुवाटार बस्ने रबिन्द्र बस्नेत रहेको महाशाखाले जनाएको छ ।

जोशी र बस्नेतले हालसम्म उक्त म्यानपावर कम्पनीबाट करिब ९० लाख २५ हजार रुपैयाँ असुल गरिसकेको प्रहरी भनाइ छ ।म्यानपावर कम्पनी पनि नचलेको अवस्थामा रकम माग्दै सञ्चालकका श्रीमती र बालबच्चालाई समेत ज्यान लिने धम्की दिएपछि प्रहरीसमक्ष उजुरी पुगेको थियो । प्रहरीको उजुरीपछि अपराध महाशाखाले दुई अभियुक्तलाई पक्राउ गरेको हो ।महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले समूह बनाएर विभिन्न म्यानपावरमा प्रवेश गर्ने यस्तो समूह बिरुद्ध महाशाखाले कारबाही थालेको बताए ।एसएसपी खापुङले धम्क्याएर रकम असुली गर्नेहरुविद्ध निर्धक्क उजुरी दिन समेत सबैमा आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति