काठमाडौं, २० मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले राजनीतिक मुद्दालाई जनताको विषयवस्तु बनाउन चाहेकाले संसद विघटन गरेको दावी गरेका छन् ।
सोमबार काठमाडौमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेको आरोप पनि लगाए । पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दावी गर्दै उनले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने जिकिर गरे ।
उनले कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको दावी गरे । उनले त्यस्तो फैसलाविरुद्ध मुद्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको टिप्पणी गरे ।‘
प्रतिक्रिया