नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६१७ मा कोरोना परीक्षण गर्दा २६५ लाई संक्रमण

काठमाडौँ , २० मंसिर । नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६५ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्।३५७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।यसको संक्रमणबाट २ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति