डब्ल्यूएचओले घोषणा नगर्दै नेपालमा भित्रिसकेको थियो ओमिक्रोन, खुल्यो रहस्य

काठमाडौँ , २० मंसिर । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो ।

त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बर (७ मंसिरमा) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो ।डब्ल्यूएचओले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी दुई २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ३ मंसिरमा नयाँ भेरियन्ट भेटिएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए उनको पीसीआर नेगेटिभ रिपोर्ट थियो भने खोपको दुबै मात्र पूरा गरेका थिए । तर उनी र उनको सम्पर्कमा आएका एक व्यक्तिलाई ७ मंसिरमा कोभिड–१९ संँग मिल्दाजुल्दा लक्षण देखियो । परीक्षण गर्दा दुबैमा कोरोना संक्रमण पुष्टि भयो ।बैको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा नयाँ भेरियन्ट ओमिक्रोन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्थात नयाँ भेरियन्ट बी.१.१.५२९ बारे दक्षिण अफ्रिकाले डब्ल्यूएचओलाई जानकारी गराउँदा नगराउँदै नेपालमा पनि संक्रमण भित्रिसकेको थियो । सोमबार औपचारिक रुपमा पुष्टि मात्र भएको हो ।मन्त्रालयका अनुसार दुई संक्रमितको सम्पर्कमा आएका ६६ जनाको पहिचान गरी पीसीआर परीक्षण गरिएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ र सबै स्वस्थ रहेको मन्त्रालयका सहायक प्रवक्ता डा। समिर अधिकारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति