बाजुरा , २० मंसिर । बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। आइतबार साँझ बडिमालिका नगरपालिका–८ मा थुवाकाँधमा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनापछि अटो चालक फरार छन् भने मृतक दुबैको सनाखत हुन सकेको छैन। सदरमुकाम मार्तडीबाट जडाङगा जाँदै गरेको अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा खस्ता दुर्घटना भएको हो। तीव्र गतिको कारण अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया