काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् । आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डे ७० मत अन्तरले अध्यक्षमा विजयी भएका छन् । पाण्डेले ११६ र अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाए । निर्वाचनमा कूल १६२ मत खसेको थियो । अधिवेशनको लागि पार्टी केद्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई खटाएको थियो ।
नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पाण्डे
प्रतिक्रिया