निर्वाचन परिणाम सबैले स्वीकार गर्नुपर्छ : राणा

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले निर्वाचन परिणम सवैले स्वीकार गर्नुपर्ने बताएका छन् ।आइतबार सकिएको मतगणनाले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा पराजित कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाएका छन् । पूर्वअध्यक्ष समते रहेका उनी नयाँ कार्यसमितिको सपथ ग्रहणमा समेत गएनन् ।तर पूर्व अध्यक्ष राणाले भने महाधिवेशनका क्रममा नै आफूले सकेसम्म सहमति गरौं, चुनाव भए परिणाम सबैले स्वीकार गर्नुपर्छ भनेको स्मरण गराए । उनले अघि भने, म परिणाम स्वीकार्छु, सम्पूर्ण साथीहरुलाई पनि स्वीकार्न अनुरोध गर्छु ।’नयाँ पुस्तालाई अहिले कि पछि हस्तान्तरण गर्ने भन्नेमा आआफ्नो मत रहेको भन्दै उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरुले अहिले नै हुनुपर्छ भनेर छाने । महाधिवेशन प्रतिनिधिहरुको जुन निर्णय छ, त्यो हामीलाई शिरोधार्य छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति