संविधानको रक्षा गर्दै ससंद् जोगाउने शक्तिहरू निर्वाचनसम्म एकै ठाउँमा : अध्यक्ष नेपाल

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि केपी ओलीको पार्टी लाइट बालेर खोज्नुपर्ने बताएका छन् । एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधानविपरीत दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका हुन् ।ुजनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन्, उनले भने, तपाईंहरु पनि भ्रममा नपर्नुस् ।

राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासँग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको बताए । संविधानको रक्षा गर्दै ससंद् जोगाउने शक्तिहरू निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओलीको पार्टी पत्तासाफ हुने ठोकुवा गरे ।‌ओलीकै दम्भ, घमण्ड र सर्वसत्तावाद प्रवृत्तिले केन्द्रीय सरकार लगायत सबै प्रदेश सरकार गुमाएको उनले जिकिर गरे । उनले संविधान बचाउने गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् ।

उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् । सुखि नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा पार्टी लागेकाले सबै नेता कार्यकर्ताहरू यसमा हातेमालो गर्न पूर्व प्रधानमन्त्री नेपालले निर्देशन दिए । पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने राष्ट्रिय सभा,स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरू दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उनले निर्देशन दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति