विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता


काठमाडौँ, १८ मंसिर ।विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ ।ललितपुरमा शनिबार आयोजित कार्यक्रममार्फत सिटिजन्स फोरम र जनता दरबार र विवेकशील साझाबीच एकताको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम पनि ‘विवेकशील साझा पार्टी’ राखिएको छ भने अध्यक्षमा रवीन्द्र मिश्र रहेका छन् । साझा पार्टीको केन्द्रीय समिति सदस्यलाई निरन्तरता दिँदै सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल गराइएको छ । त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिमा पनि फोरम र दरबार पार्टीका १० जना सदस्यहरू थपिएको घोषणा पत्रमा उल्लेख छ ।एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने जनाइएको छ ।

घोषणा पत्र

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति