चितवन, १८ मंसिर । सत्ता गठबन्धनका एक शीर्ष नेता तथा माओवादी अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पारेका छन् ।महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् ।माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीमा जवरजस्ती नहुने बताए ।प्रचण्डले भने– एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन ।
चितवन पुगेर अध्यक्ष प्रचण्डले भने– एमसीसी र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग सहमतिका आधारमा
प्रतिक्रिया