आफूविरुद्ध टिप्पणी गरेपछि रेखा थापाको आरोप– कमल थापा राजतन्त्रविरोधी


काठमाडौं । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिएकी नायिका रेखा थापाले अध्यक्षका उम्मेदवार कमल थापाले आफूविरुद्ध ‘गोयबल्स शैली’ अपनाएको आरोप लगाएकी छिन् । फरक प्यानलबाट अध्यक्षको उम्मेदवारी दिएका कमल थापाप्रति कटाक्ष गर्दै उनले राजतन्त्रविरोधीको आरोपसमेत लगाएकी छन् । विगतमा गणतान्त्रिक सरकारमा सामेल भएको भन्दै उनले कमल थापालाई सांकेतिकरुपमा राजतन्त्रविरोधीको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा रेखा थापाले लेखेकी छन्– कमल थापा गणतान्त्रिक सरकारको उपप्रधानमन्त्री बन्नु भएको होइन ? उहाँले मेराविरुद्ध सुरू गर्नु भएको गोयबल्स शैली गजब छ बा , रेखा थापा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीमा उठेकी हुन् । राप्रपा महाधिवेशन अन्तरगत आज चुनाव हुँदैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board