बागलुङको एक विद्यालयका ३० जनामा कोभिडको संक्रमण

काठमाडौं, १८ मंसिर । बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षकगरी एकैपटक ३० जनामा कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुको टोलीले बिहीबार र शुक्रबार परीक्षण गरेको थियो ।

केहीको एन्टिजेन र केहीको पीसीआर परीक्षण गर्दा एकैपटक ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार १०० नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो । ‘नयाँ भेरिएन्ट हो कि भनेर जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाउँदैछौं,’ उनले भने, ‘त्यो नतिजा आएपछि के हो भन्ने पत्ता लाग्छ ।’कोरोना पुष्टि हुनेमा १७ वर्षमुनिका २१ जना र १७ वर्ष उमेरभन्दा माथिका ९ जना रहेका छन् । वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board