राप्रपा अध्यक्षमा थापा र लिङ्देनले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरे

काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । दुवैजनाले आ-आफ्नो प्यानलसहित केही बेरअघि मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार छन् ।

थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लड्दैछन् । लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार छन् । हिजो नै चुनावी प्रक्रिया सुरू हुने भनिएकोमा मतदाता नामावलीको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया आजमात्र सुरू भएको हो । उम्मेदवारको नामावली २ बजे सार्वजनिक गर्ने कार्यतालिका छ ।

राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् ।अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति