काठमाडौं, १७ मंसिर । दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय कार्यालयमा पदबहाली गर्ने भएका छन् ।एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङले दिएको जानकारीअनुसार अध्यक्ष ओली आज दिउँसो १ बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।
चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमार्फत भीम रावललाई भारी मतान्तरले पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया