काठमाडौं, १५ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल अहिले दुई ध्रुवमा बाँडिएको बताएका छन्।उनले एउटा ध्रुवमा एमाले र अर्को ध्रुवमा पाँच दलीय गठबन्धन रहेको बताएका छन्।
अहिले देश दुई ध्रुवमा बाँडिएको छ। एकातिर आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमान बोकेको पक्ष छ। अर्कातिर तमाम स्वार्थका बाहकहरुको गठबन्धन छ। त्यो ध्रुवमा सिद्धान्त, विचार मिल्नु पर्दैन कानुन मान्नु पर्दैन। जारी विकास योजना समाप्त गर्ने कुरा गरे हुन्छ।उनले शेरबहादुर देउवा नेतृतत्वको पाँच दलीय गठबन्धनले राष्ट्रिय स्वाभिमानलाई लत्याइरहेको पनि बताएका छन्।
देशभन्दा ठूलो अरु हुन सक्दैन। आज राष्ट्रिय स्वाभिमानको विषय मुख्य बनेको छु, उनले भने, स्वार्थीहरुको गठबन्धन अहिले बनेको छ। हाम्रो एउटा नागरिक छिमेकीको विवेकहीन व्यवहारबाट मारिँदा सरकारले कूटनीतिक नोटसमेत पठाउन सक्दैन। यो भन्दा निर्लज्ज कुरा के हुन् सक्छ ? पोखरेलले मुद्दा र एजेण्डका आधारमा राप्रपा र एमाले एक ठाउँमा आउन सक्ने पनि बताए।
मुद्दा र एजेन्डाले राप्रपा र एमालेलाई एक ठाउँमा ल्याउन सक्छ। हामीलाई मुद्दाले मिलाउन सक्छ, उनले भने, राप्रपाको नामबाट विगतमा के के भए ? एमालेको नामबाट के के भए ? विगतले केही चिज दिँदैन। अनुभव दिन्छ र शिक्षा दिन्छ। त्यसैले अब हामी अघि बढ्नु उचित हुन्छ।
प्रतिक्रिया